Section 10
आवास इकाई धनीले आवास इकाई बिक्री तथा भाडामा दिन सक्ने
दफा ११ र सम्झौतामा उल्लिखित शर्तहरूका अधीनमा रही आवास इकाई धनीले आफ्नो स्वामित्वमा रहेको आवास इकाई अरु कसैलाई बेचबिखन गर्न, भाडामा दिन वा अरु कुनै पनि किसिमबाट स्वामित्व हस्तान्तरण गर्न वा भोग गर्न दिन सक्नेछ ।